सरकारले काम गर्न सकेन्ः खतिवडा

१९ आश्विन २०७५, शुक्रबार ०८:५८

नेपाली काँगेसका प्रभावशाली युवा नेता तथा पूर्व सभासद रामहरि खतिवडाले बर्तमान कम्युनिष्ट सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनु भएको छ । आयोखवर डटकम संगको कुराकानीमा नेता खतिवडाले उक्त बिचार ब्यक्त गर्नु भएको हो । उहाँले भन्र्नु भयो , सरकार बनेको पनि छ महिना भन्दा बढि भयो , तर सरकारले अहिले सम्म सिन्को समेत भाँच्न सकेको छैन ।

 

कुरा बढि भए काम हुन सकेन । यो नै बिडम्वना हो । बर्तमान सरकारले बिकास र समृद्दिका नारा जति जपे पनि देशलाई समृद्दि र बिकास दिन नसक्ने नेता खतिवडाले बताउनु भयो । देशमा महंगीले आकाश छोएको छ , जनता बाँच्न नसक्ने भए , यो सरकारको बिकल्प खोज्ने बेला आइसक्यो । नेता खतिवडाले भन्नु भयो । चुनावको बेलामा जनतालाई बाँडेका सपना यो सरकारले कुनै हालतमा पुरा गर्न नसक्ने नेता खतिवडाको तर्क छ ।

बिकास समृद्दि र सुशासन काँग्रेसले बाहेक अरु कुनै पार्टीले दिन नसक्ने ठोकुवा समेत खतिवडाले गर्नु भयो । कर बढेर जनता आर्कोशित छन । यो कुरा सुन्न सरकार तयार छैन । स्थानीय तहमा आफूखुशि कर उठाइएको छ , यो काँग्रेस लाई मान्य छैन । काँग्रेसले जितेका स्थानीय तहमा कर नवढाउने निर्देशन केन्द्रबाट दिईसकेका छौ । नेता खतिवडाले भन्नु भयो । बर्तमान सरकार असफलताको बाटो तर्फ अघि बढेको नेता खतिवडाको आरोप छ ।