सरकारले उत्पादनका लागी आबश्यक ऐन, कानुन निर्माण गदै छः मन्त्री यादव

२९ भाद्र २०७५, शुक्रबार ०९:१६

 

काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माृतकाप्रसाद यादवले उत्पादनमा जोड दिन उद्योगी, व्यवसायीहरुलाई आह्वान गरेका छन् । मन्त्री यादवले उत्पादनका लागि आवश्यक ऐन, कानुन निर्माणमा आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बिहिबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले उद्योगको विकासका लागि सरकारले सक्दो पहल गरिहेको जानकारी दिए ।

मन्त्री यादवले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन एउटै संयन्त्र बनाउने पनि बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी, व्यवसायी प्रोत्साहित हुने कानुनी व्यवस्था गर्न मन्त्री यादवसँग आग्रह गरिन् ।

उनले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न महासंघले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
उनले उध्धोग ब्यवसायीहरुलाई दोहोरो करको मारमा नपार्न पनि सरकारलाई अनुरोध गरिन ।