सरकारबाटै आचारसंहिता उल्लंघन

११ मंसिर २०७४, सोमबार ०३:५९

 

मंसिर ११, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो चरणमा ३२ जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि २७ वटा अनुगमन टोलीबाट निरीक्षण गरिएको छ ।

 

 

अनुगमनबाट प्राप्त तथ्यांकअनुसार रोल्पा, रुकुम, बझाङ, भोजपुर, नुवाकोट, गोरखालगायतका जिल्लामा बम विस्फोटका केही घटना भए पनि मानवीय क्षति नभएको आयोगले जनाएको छ ।   ताप्लेजुङ, धादिङ, बागलुङ, दार्चुलालगायतका जिल्लास्थित केही मतदानस्थल नजिकै विस्फोटक पदार्थ भेटिएको, बाजुरा र दोलखा, जाजरकोट, ओखलाढुंगा र सिन्धुपाल्चोकमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाईते भएका छन् । दोलखा, बाजुरा र सिन्धुपाल्चोक जिल्लामा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा हवाई फायरसमेत भएको छ ।   रुकुमको बाफीकोट गाँउपालिका–५ स्थित (क) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतपेटिका तथा आठबीसकोट नगरपालिका–१२ स्थित गत्तासैना मतदान केन्द्रमा समानुपातिक तर्फको मतदान स्थगित भएको आयोगले जनाएको छ ।   कतिपय मतदान केन्द्रमा चार, पाँच घण्टा पैदल हिडेर मतदानका लागि जानुपर्ने परिस्थितिका कारण जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवती महिलाहरु मताधिकारबाट बञ्चित भएको, मतदाता शिक्षा तथा मतदाधिकारको प्रयोग सम्बन्धमा प्रभावकारी रुपमा सचेतना पुग्न नसक्दा केही मतदान केन्द्रमा दिउँसो २ बजेसम्म मतदाता मत खसाल्न उपस्थित नभएका, अधिकांश मतदान केन्द्रहरु अपाङगमैत्री नभएका, तथ्यहरु अनुगमनका क्रममा प्राप्त भएको आयोग सदस्य एवं प्रवक्ता मोहना आन्सारीले बताईन् ।

  • राज्य पक्षबाट उल्लंघनका १०४ घटना,

  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनबाट ३९,

  • राज्यपक्षबाट गिरफ्तारी ५७ एवं कुटपिटसहित दुइसहित १६३,

  • राष्ट्रय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबाट १७,

  • नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धनबाट १ सय २२,

  • राष्ट्रिय जनता पार्टी नेपालबाट १३,

  • राष्ट्रिय जनता पार्टी नेपालबाट १३,

  • राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११,

  • स्वतन्त्र उम्मेद्वारहरुबाट दुई र

  • अज्ञात समूहबाट ६६ वटा निर्वाचन आचारसंहिताको उल्लंघनका घटना भएको इन्सेकको प्रतिवेदनमा छ । 

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचन आचारसंहिताको उल्लंघन सरकारबाटै भएको जनाएको छ । इन्सेकले आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा पहिलो चरणको  निर्वाचनको परिवेक्षणको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगलाई बुझाउँदै आचारसंहिताको उल्लंघन सरकारबाटै भएको जनाएको हो ।  आइतबार साँझा आयोगको काठमाडौं स्थित कार्यालयमा इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले आयोगका सचिव बोगेन्द्रराज शर्मा पौड्याललाई बुझाएको प्रतिवेदनमा राज्य पक्षबाट उल्लंघनका १०४ घटना भएको उल्लेख गरिएको छ ।  यसै गरि, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनबाट ३९, राज्यपक्षबाट गिरफ्तारी ५७ एवं कुटपिटसहित दुइसहित १६३, राष्ट्रय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबाट १७, नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धनबाट १ सय २२, राष्ट्रिय जनता पार्टी नेपालबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११, स्वतन्त्र उम्मेद्वारहरुबाट दुई र अज्ञात समूहबाट ६६ वटा निर्वाचन आचारसंहिताको उल्लंघनका घटना भएको इन्सेकको प्रतिवेदनमा छ ।  आचारसंहिता लागूभएपछि मन्त्रिपरिषदले आचारसंहिताविपरित निर्णहरु गरेको छ । आचारसंहित जारी भएपछि दरबन्दी थप वा सिर्जना गर्न नपाइने भनिए पनि सरकारले त्यसविपरीत ११ वटा निर्णयहरु गरेको छ । सरकारले १० पटक बढुवा÷ पदोन्नति, आठपटक सरुवा र सात पटक नयाँ नियुक्ति गरेको छ ।

 

सरकारी पद धारण पदाधिकारीहरुले आफ्नो पार्टीको पक्षमा मत मागेको घटना संखया ५ छ भने आर्थिक क्रियाकलाप तथा सरकारी ढुकुटीबाट सहयोग गरेर आचारसंहिता उल्लंघन गरेको घटना संखय ७ रहेको छ । सरकारले कात्तिक २८ गते नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा ग¥यो । प्रदेश ५ का प्रहरी प्रमुख एआइजी मिङ्मार लामा र ७ का प्रहरी प्रमुख एआइजी विजय भट्टराईलाई सरुवा गर्नुका साथै मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ, हेमन्तबहादुर पाल र माध नेपाललाई एआइजीमा बढुवा ग¥यो ।  यसै गरि निर्वाचन पर्यवेषण समितिले केही समयपछि स्थानीय तहको निर्वाचनको तुलनामा आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । समितिका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचनमा आम जनताको उतसाहप्रद सहभागीता रहेको जनाएका छन् । विभिन्न स्थानमा भएको झडपलाई सुरक्षा निकायको उपस्थििमा सहजै व्यवस्थापन गरेको जनाउँदै उनले स्थानीय तहको निर्वाचनभनदा आइतबारको निर्वाचन सहज भएको जनाएका छन् ।  यसैगरी, राष्ट्रिय निर्वाचन पयैवेक्षक समिति (नियोक) ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ । नियोकका महासचिब डा. गोपाल कृष्ण सिवाकोटीले नियोकले जम्म १ हजार ३९ पर्यवेक्षक परिचालन गरी विभिन्न निर्वाचन ऐतिहासिक रुपमै सम्पन्न भएको जनाएको छ । राजधानी दैनिक