सरकारको काम गर्ने क्षमता कमजोर भएकाले जनता निराश भएका हुन्ः गच्छदार

२४ भाद्र २०७६, मंगलवार १०:५९

विराटनगर, नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनतामा अहिले देखिएको वितृष्णा र निराशा व्यवस्थाप्रति नभएर पार्टीप्रति भएको टिप्पणी गर्नु भएको छ । दोस्रो चरणको जागरण अभियान उद्घाटन कार्यक्रमका लागि पूर्व आएका उपसभापति गच्छदारले आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले भन्नु भयो, “जनताले व्यवस्थाको आलोचना गरेका होइनन्, सरकारको आलोचना गरेका हुन्। सरकारको काम गर्ने क्षमता कमजोर भएकाले जनता निरशा भएका हुन् ।”

संविधानअनुसार, नियमकानुन, पद्धतिअनुसार काम नभएको उहाँको दाबी छ । “देखिनेगरी काम नभएका कारण जनतामा निराशा छाएको हो,” उहाँले भन्नु भयो । संघीयता कार्यान्वयन गर्ने कुरा राजनीतिक भएकाले त्यसमा सबैको सहयोग हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।