सरकारका काम कारबाही सन्तोषजनक छैनन्ः खाँण

२९ पुष २०७५, आईतवार १३:२३

बुटवल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारलाई प्रतिपक्ष यहाँ छ भनेर देखाइदिने बताउनु भएको छ । त्यसका लागि कांग्रेसले सबै पक्षसँग छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खाँणले वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने बताउनुभयो ।


५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने, विभिन्न मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने, बाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त हत्या प्रकरण लगायतका विषय उठाएर चालु संसदमा सशक्तरुपमा आवाज उठाउने उहाँको भनाइ छ । अहिलेको सरकार संसदीय शासन व्यवस्थाप्रति प्रतिबद्ध नरहेको आरोप लगाउनु भयो ।