सम्बन्ध विच्छेद बिरुद्ध मुद्दा दर्ता

२४ भाद्र २०७५, आईतवार ०९:२२

स्याङ्जा । स्याङ्जा एक महिलाले सम्बन्त्र विच्छेल विरुद्ध मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफुलाइक्षर्् थहा नै नदिई सम्बन्त्र विच्छेद गरेका भन्दै जिल्ला अदालत स्याङ्जामा ५० वर्षीय मिनाकुमारी क्षेत्रीले मुद्दा दर्ता गराएकी हुन् ।

उनका श्रीमान भिरकोट नगरपालिका ३ निवासी मोहनकुमार क्षेत्रीले जालसाजी गरेर आफुलाई थाहा नै नगरी सम्बन्ध विच्छेद गरेको जनाएकी छिन् ।
हाल सम्म जालसाजी गरेर सम्बन्ध विच्छेद गरेको भन्दै जिल्ला अदालतमा तीन वटा मद्दा दर्ता भएका छन् । उनले फैसला हक कायम गरी पाउँ, जलसाजी र लिखित गालि( बेइजेतीको मुद्दा दर्ता गराएको श्रेष्तेदार नन्दप्रसाद आचार्यले बताएका छन् ।

क्षेत्रीले जिल्ला अदालतमा रुदै भनिन्, मलाई थाहानै छैन कसरी भयो सम्बन्ध विच्छेद ? श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुख गरी दुइ छोरीलाई पढाउदै आएको र छोरी कृष्टिले २०७५ असार ११ गते जिल्ला अदालत स्याङ्याजामा अंश माग गर्दै मुदा दर्ता गर्दा जिल्ला अदालतमा मिनाकुमारी क्षेत्रीको सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफु मुद्दा मामलामा लाग्न बाध्य भएको बताए ।

भिरकोट नगरपालीका वडा न ३ साविक बानेथोक देउराली वडा न ७ का मोहनकुमार क्षेत्री सँग ४४ सालमा मागी विबाह गर्नु भएकी मिनाकुमारी क्षेत्रीले २०४६ सालमा श्रीमानले अर्कै विबाह गरेको र त्यो विबाहलाई ढाकछोप गर्न आफुलाई विबाह गरेको छैन भन्दै भारतिय सेनामा कार्यरत क्षेत्रीले आफुलाई सँगै भारत लगेको र करिब दुइ वर्ष भारतमा बसेर एक छोरी जन्मीएपछि घर पर्किएको बताईन ।

घरमा आएपछि आफुलाई खानलाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएको समयमा बिरुवा अर्चले ६ का राजेन्द्र अधिकारी संग २०५५ साल फागुन १३ गते अर्को विवाह गरेर ( पोहिला) गएको भनि झुट्टा विवरण बनाई अदालतबाट सोतह सम्बन्ध विच्छेदको फैसला भएको जानकारी पाएपछि क्षेत्री अहिले आफु अन्यायमा परेको र सम्बन्ध विच्छेदको कुरा आफुले बल्ल थाहा पाएको जनाएकी छिन् ।

जिल्ला अदालत स्याङ्जाका श्रेतेदार नन्दप्रसाद आचार्यले २०७३ साल भदौ ६ गते सम्बन्ध बिच्छेद भएको फिराद पत्रमा देखिएको बताउदै उहाँले भन्नुभयो ,राजेन्द्र अधिकारी संग २०५५ साल फागुन १३ गते अर्को विवाह गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सुचना लिएर जादा राजेन्द्र अधिकारी र मिनाकुमारी क्षेत्री घर जग्गा बिक्री गरी अन्यत्र गएकोले पीपलको रुखमा सुचना टास गरिएको र अदालतबाट दोस्र पटक आदर्श समाज दैनिकमा २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र २०७४ साल वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको भए पनि मिनाकुमारी क्षेत्रीले फैसला हक कायम गरी पाउनुका साथै जालसाजी र गालीबेइजेती बिरुद्ध मुद्दा दर्ता गराएको जिल्ला अदालतका श्रेतेदार नन्दप्रसाद आचार्यले बताउनुभयो ।