समाजवादी पार्टीका नेता रिजाल सहित ४२ जना नेकपामा प्रवेश

९ माघ २०७६, बिहीबार १५:१६

काठमाडौं , डा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालसहित ४२ जना नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालुले रिजालसहितका नेता कार्यकर्तालाई नेकपामा स्वागत गर्नु भएको हो ।

रिजालले समाजवादी पार्टीले जनचाहनाअनुसार काम गर्न नसकेको र क्षेत्रीय दलको रुपमा आफुलाई सीमित राखेकाले पार्टी परित्याग गरेको बताउनु भयो । रिजालसहित खोटाङ, उदयपुर र सुनसरीका दर्जनौँ नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका रिजालले जानकारी दिनु भयो ।