सभामुख सापकोटा द्धारा इस्लाम धर्मावलम्बीको इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश

१२ जेष्ठ २०७७, सोमबार ०८:४१

काठमाडौं , सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउने क्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नु भएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनु भयो । नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गर्नु भएको छ ।