सप्तरीको हनुमानगर नपामा राजपा विजयी

८ आश्विन २०७४, आईतवार ००:१२

काठमाडौं, ८ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित शैलेशकुमार साहले ५ हजार ७२० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटताम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका वीरेन्द्रकुमार माझीले ४ हजार ३६५ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपप्रमुखमा पनि राजपाकै सरितादेवी सिपलिया यादवले ५ हजार ४१७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी सीयावतीदेवी यादवले ४ हजार १९९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।