सन्नी लियोनीको पनि बायोपिक बन्ने, बलिउडमा बायोपिकको लहर

२० असार २०७५, बुधबार ०६:१८

असार २०, काठमाडौं ।

बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ ।

सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोनी पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

 

सन्नी लियोनीको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर हालै सार्वजनिक गरियो ।

 

उक्त पोष्टर सामाजिक सञ्जालमा सेयर गर्दै सन्नीले लेखेकी छन्, ‘चाँडै नै मेरो जिन्दगी एउटा खुल्ला किताबजस्तो हुनेछ ।’ फिल्म १६ जुलाईमा रिलिज हुने सन्नीले जानकारी दिएकी छन् ।

 

फिल्मको पोष्ट हेर्दा यसमा सन्नी लियोनीको जीवनमा दुई भाग समावेश हुनेछन् । पहिलो भागमा पोर्न उद्योगमा आयनसअपघ सन्नीको जीवन चित्रण गरिएको छ भने दोस्रो भागमा पोर्न उद्योगमा आइसकेपछिको उतार चढाव ।

 

सन्नी केही वर्ष अघि भारतीय टेलिभिजनबाट प्रशारण हुने बिग बोशमा सहभागी भएपछि चर्चामा आएकी थिइन् । त्यसपछि उनलाई बलिउड फिल्म ‘जिस्म २’ मा प्रस्ताव आयो ।

 

अनि, उनले पछाडि फर्केर हेर्नुपरेन । बलिउडमा सक्रिय भएपछि उनले पोर्न फिल्म खेल्न छाडेकी छन् । तर, उनलाई आफ्नो विगतमा कुनै पछुतो छैन ।