सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजनामा १६ दिने महिला हिंसा बिरुद्ध अभियानको उदघाटन

११ मंसिर २०७७, बिहीबार १०:०२

अर्घाखाँची, महिला बिरुद्ध हुने हिन्सा बिरुद्ध १६ दिने अभियानको एक भब्य समारोहबीच उदघाटन गरिएको छ । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजनामा भएको १६ दिने अभियानको नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद साप्कोटाको अतिथ्यतामा भएको कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम वार्ड नम्बर २ का वार्ड सदस्य शुस्मा श्रेष्ठ गैरसरकारी सस्थाका अध्यक्ष ठाकुर अधिकारी लुम्बिनी सामाजिक बिकास केन्द्रका हरि पौडेल लगाएतको उपस्थितिमा कार्यक्रम उदघाटन गरिएको थियोे । कार्यक्रमको सन्चालन पुस्पा भुसालले गर्नु भएको थियो भने बेलकुमारि परियारले स्वागत मन्तब्य राख्नु भएको थियो ।