सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने

२३ भाद्र २०७७, मंगलवार १३:४२

अर्घाखाँची , सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ ।

नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिनुभयो ।

भत्ता लिन गाई–भैँसी सुत्केरी भएको २ महिना अवधि भित्र वडा कार्यालयको सिफारीस नगरपालिकामा बुझाउनु पर्ने नियम छ ।

गाई–भैँसी सुत्केरी भएको समयमा किसान लाई आवश्यक पर्ने सामाग्री खरिद गर्न सहज होस भनेर कार्यक्रम संचालन गरीएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले पशु बिमा गर्ने किसान लाई ५० प्रतिशत लगानी गरिदिने भएको छ ।

यस्तै, बाझो जमिन सदुपयोग गर्ने लाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयासमेत नगरपालिकाले दिनेभएको छ ।