सन्धिखर्क नगरपालिकामा राजस्व संकलन गर्न सबै वडा कार्यालयहरुमा सफ्टवेयर जडान

१५ भाद्र २०७७, सोमबार ०९:२६

काठमाडौं , सन्धिखर्क नगरपालिकाले राजस्व संकलन गर्न सबै वडा कार्यालयहरुमा सफ्टवेयर जडान गरेको छ। सेवाग्राहीले राजस्व तिर्न नगरपालिका कार्यालयसम्म धाउने बाध्यता हटाउन वडा कार्यालयबाट राजस्व संकलन गर्ने गरी सफ्टवेयर जडान गरिएको नगरप्रमुख कमलप्रसाद भुसालले बताउनु भयो ।

नगरपालिकाले १२ वटै वडा कार्यालयबाट आइतबारदेखि सेवा दिन सुरु गरेको छ। सफ्टवेयरबाट सेवा प्रवाह गर्दा भरपर्दो हुने र राजस्व अभिलेख चुस्त हुने नगरप्रमुख भुसालको भनाइ छ। उपप्रमुख ठाकुरकुमार बिकले सेवा सञ्चालन सुरू भएपछि सेवाग्राही पनि खुसी भएको बताउनु भयो ।