सन्धिखर्कका १८ कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

१७ भाद्र २०७७, बुधबार १८:४५

शोभाखर पन्थी ,


अर्घाखाँची, नेपाली कांग्रेसका १८ जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । सन्धिखर्कको वडा नं ६ उपल्लो जगतका १८ जना स्थानीय कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता रामजी प्रसाद घिमिरेले एक समारोहका बीच सामाजिक दुरि कायम गरि भेष बहादुर जिसी चुमानसिंह बुढाथोकी ,कमल केसी,बिक्रम भाट,सुरत केसी,रामलाल पुरी,दिनेश ताम्राकार ,कमल पाण्डे ,सीता बुढाथोकी ,रामबहादुर अधिकारी ,गोपाल थापा,दिपक थापा,रुपा पौडेल लगायतलाई पार्टी प्रवेश गराउनु भएको थियो । नव प्रवेशि हरुले बिकास र समृद्धिको निम्ति नेकपाको बिकल्प नभएको बताए । उनिहरुले राष्ट्रियताको सवालमा नेपाली कांग्रेसले ढुलमुले नीति लिएको भन्दै देश र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा मात्रै भएको बताए । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रदेशसभाका सदस्य रामजी प्रसाद घिमिरेले अर्घाखाँची जिल्ला लाई नमुना जिल्ला बनाउने गरि बिकासको काम अघि बढाईएको बताउनुभयो । उहाँले जिल्लामा भौतिक पुर्वाधारको कामले तिब्रता पाएको भन्दै आ आफ्नो क्षेत्रमा भएको बिकास निर्माणको कामको अनुगमन गर्न जनतालाई आग्रह गर्नुभयो । सांसद घिमिरेले पछिल्लो पटक जिल्लामा शिक्षा ,स्वास्थ्य ,सडकमा यातायात ,सिंचाइ र खानेपानीको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै जनताको भावना अनुसार काम गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले राष्ट्रियता र जनजिबीकाको पक्षमा व्यापक रुपमा काम गरेको भन्दै सरकारको काम लाई अझै प्रभावकारी बनाईने बताउनुभयो । कर्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य तथा नगर ईन्चार्ज राजेन्द्र भुसाल ,नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला सल्लाहकार रिता केसी,नगरकमिटीका सदस्य तथा वडा ईन्चार्ज सुरज थापा,नगर सदस्य तथा युवा तथा खेलकुद बिभाग प्रमुख कृष्ण प्रसाद भुसाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।