सधैँ मुस्कुराउने गर्नुस्, हुन्छन् यस्ता फाईदा

१४ पुष २०७६, सोमबार १४:०९


१. डाक्टरले मुस्कुराउँदै बिमारी जाँच्दा बिरामीको आत्मा बिश्वास दुई गुना हुन्छ ।
२. गृहिणीले मुस्कुराउँदै घरको काम गर्दा पुरै परिवारमा खुसियाली आउँछ ।
३. शिक्षक मुस्कुराउँदै कक्षा कोठामा प्रबेश गर्दा सबै बालबालिकाहरूको अनुहारमा पनि मुस्कान छाउँछ ।
४. बेलुका बुवा घरमा मुस्कुराउँदै फ़र्कदा पुरै परिवारमा खुसीको बाताबरण बन्छ ।
५. ब्यापारी मुस्कुराउदै कम्पनीमा प्रबेश गर्दा सबै कर्मचारीहरूको मनमा दबाब कम हुन्छ ।
६. पसलेले मुस्कुराउँदै आफ्नो ग्राहकहरूलाई सम्मान गर्दा ग्राहकहरू खुसी हुँदै पसलबाट धेरै भन्दा धेरै सामानहरू किन्छन् ।
७. कर्मचारीहरूले मुस्कुराउँदै सेवाग्राहीहरूलाई सेवा दिएमा सेवाग्राहीहरूमा कर्मचारीहरू प्रतिको नकारात्मक भावना हराएर जान्छ ।
८. कहिले काँही सडकमा हिँड्दा अनजान ब्यक्तिलाई हेरेर मुस्कुराउँदा उसको मुहारमा पनि मुस्कान आउँदछ ।
त्यसैले तपाइ पनि सक्दो मुस्कुराउँनु होस् किनकि

१. मुस्कुराउँदा पैसा लाग्दैन यो खुसी एवम् सम्पन्नताको पहिचान हो ।
२. तपाइको एक मुस्कानले कयौं अनुहारमा मुस्कान ल्याइदिन सक्छ ।
३. यो जिबन तपाइले फ़ेरी पाउनु हुन्न ।
४.क्रोधमा दिएको आशीर्बाद पनि खराब लाग्छ र मुस्कुराउँदै दिएको गाली पनि कर्णप्रिय लाग्दछन् ।
५. दुनियाँका हरेक ब्यक्तिले फ़क्रेको फूल र हँसिलो अनुहारलाई मन पराउँछन् ।
६. तपाइको हाँसो कसैको खुसीको कारण बन्न सक्छ १
७. सम्बन्धहरू तबसम्म कायम रहन्छन् जबसम्म हामी एक अर्कालाई देखेर मुस्कुराई रहन्छौं ।
८. मुस्कान मानिस हुनुको पहिचान हो, एक पशु कहिल्यै पनि मुस्कुराउन सक्दैन ।
यसकारण तपाईं पनि मुस्कुराउनु होस्
अरूको अनुहारमा पनि मुस्कान ल्याउने प्रयत्न गर्नुहोस् , यो नै जिबन हो । एजेन्सी (मकालु खबरबाट)