सडक निर्माणका क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु 

२१ पुष २०७७, मंगलवार १४:१५

 

रसुवा, रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् ।

मङ्गलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डको केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडकको तल नाली निर्माण गरिरहेका तामाङको ढुङ्गाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । एक्स्काभेटरले नाली नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो ।

प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।