सञ्‍चार गृहमै पत्रकारमाथि कुटपिट, कारवाही गर्न महासंघको माग

२६ भाद्र २०७७, शुक्रबार १६:०९

धनगढी , धनगढीमा रहेको दिनेश सञ्चार गृहमा छिरेर पत्रकारमाथि आक्रमण भएको छ । धनगढीका १५ , २० जना युवाको समूहले सञ्चार गृहभित्र छिरेर पत्रकारमाथि हातपात गरेका छन् । धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या शीर्षकको समाचारलाई लिएर पत्रकारलाई उक्त समाचार हटाउन दबाब दिँदै हातपात गरेका हुन् । सञ्चार गृहका सह–सम्पादक जनक विष्टलगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका छन् ।

घट्नाको नेपाल पत्रकार महासंघ कैलाली लगायत विभिन्न संघसंस्थाले घोर आपति जनाएका छन् । पत्रकार महासंघ कैलालीले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति घोर निन्दा गरेको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सिङ्गो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको जनाएको छ ।