संसारबाट अलग्गिएपनि उत्तर कोरियालाई रुसको सहायता

१४ माघ २०७४, आईतवार १०:३२

माघ १४ काठमाडौं। (एजेन्सी)

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाएको भएपनि उसले रुसतर्फ कोइला निर्यात गरेको पश्चिमका जासूसी सूत्रहरूले बताएका छन् । त्यही कोइला पछि दक्षिण कोरिया र जापान पनि पुगेको थियो ।

सुरक्षा परिषद्ले अगस्ट ५ मा उत्तर कोरियाबाट कोइला निर्यातमा रोक लगाइदिएको थियो । राष्ट्रसंघले आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रममा खर्च हुने विदेशी धन उत्तरले नपाओस् भनी यस्तो प्रतिबन्ध लगाएको हो ।

सूत्रहरूका अनुसार, कम्तीमा तीनचोटि उत्तर कोरियाले कोइला भरिएको जहाज रुसका नखोद्का र खोल्मस्क बन्दरगाहतर्फ पठाएको थियो । त्यहाँ कोइला ओरालेर त्यसलाई दक्षिण कोरिया र जापानका लागि अन्य जहाजमा लगिएको थियो ।