संसद् बन्धक

१२ पुष २०७६, शनिबार ०९:४४

काठमाडौं, जहाज चढ्न ‘एयरपोर्ट टाइम’ भइसकेको संकेत सचिवालय सदस्यले गराएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘टिकट रद्द गर्नु, म बिहान मात्र काठमाडौं जान्छु।’ बिहीबार तीन बजे भरतपुरबाट काठमाडौं आउने जहाजको टिकट लिएका दाहालले साढे दुई बजे मात्र टिकट रद्द गर्न लगाएका थिए।

दाहालले काठमाडौं फर्कने कार्यक्रम रद्द गरेको जानकारी पाएपछि सत्तासीन नेकपाका नेताहरू ‘सशंकित’ बने। दुई अध्यक्ष बसेर बिहीबार नै सभामुखको टुंगो लाग्ने लख काटेका उनीहरू ‘गडबड’ भएको निष्कर्षमा पुगे ।

सत्तासीन नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने विश्वासमा संसद् सचिवालयले सभामुख निर्वाचन मिति घोषणाको सम्भावित कार्यसूची बनाइसकेको थियो ।

शुक्रबार बिहान १० बजे मात्र पार्टी अध्यक्ष दाहाल काठमाडौं फर्केपछि दुई अध्यक्षबीच छलफल हुन बाँकी रहेको भन्दै संसद् बैठक सार्न उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सन्देश पठाइयो ।

उपसभामुखको निर्देशनअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले पुस १६ गतेका लागि बैठक सरेको सूचना प्रकाशित गरे। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले नै सभामुख उम्मेदवार टुंगो नलगाउँदा हिउँदे अधिवेशनको दोस्रो बैठक सूचनाद्वारा स्थगित गरियो। जनताका आवाज बोल्ने स्थान ९संसद्० नै बन्धक बन्यो। ‘दलीय झगडाका कारण संसद् बन्धक बनाइनु उचित होइन,’ विपक्षी कांग्रेस सचेतक पुष्पा भुसालले भनिन् ।

पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको दोस्रो (शुक्रबार) को बैठकको कार्यसूची नै सभामुख निर्वाचन मिति घोषणा गर्ने थियो। सचिवालयले पुस १३ गते मनोनयन दर्ता गर्ने र १४ गते सभामुख निर्वाचन गर्ने कार्यतालिकासमेत बनाएको थियो। तर सूचनाद्वारा बैठक स्थगित भएका कारण सचिवालयले बनाएको कार्यसूची अलपत्र प¥यो।

पार्टी अध्यक्ष दाहाल बिहीबार चितवनमा रहँदा पूर्वमाओवादीका नेताहरूले टेलिफोन गरेर सभामुख पद पूर्वमाओवादीले नै लिनुपर्ने दबाब दिएका थिए। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा सभामुख पद कुनै पनि हालतमा पूर्वमाओवादीकै भागमा पार्न दाहालमाथि नेताहरूको दबाब थियो।
पार्टी महाधिवेशनसम्म विगतमा भएको भागबण्डाअनुसार चल्नुपर्ने, सबै संवैधानिक अंगको नेतृत्व पूर्व एमालेको हातमा दिन नहुने भन्दै पूर्व माओवादीका नेताहरूले दाहाललाई टेलिफोनमार्फत दबाब दिएको स्रोतले बतायो। लगत्तै दाहालले काठमाडौं फर्कने कार्यक्रम रद्द गरेका थिए।

पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले दाबी गर्दै आएका छन। प्रधानमन्त्री केपी ओली भने पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्।

राष्ट्रपति तथा सरकारसँग समन्वय गर्न सक्ने, कानुन र संविधानको जानकार तथा विपक्षीसँग पनि समन्वय गर्न सक्ने भएकाले नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री ओली छन्। नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ पनि सभामुख चयनमा भागबण्डाको राजनीति गर्न नहुने बताउँछन्।

‘एमाले र माओवादी केन्द्र भन्ने हाम्रो विगतको गौरवपूर्ण इतिहास हो,’ उनी भन्छन्, ‘पार्टी एकताको काम लगभग सम्पन्न भइसकेको छ। यो वा त्यो पार्टीका नाममा भागबण्डा आवश्यक छैन । पार्टीले उपयुक्त ठह¥याएको सांसद सभामुख बन्नुपर्छ।’

तर राष्ट्रपति र प्रधानमन्त्री पूर्वएमाले र सभामुख पूर्वमाओवादीको भागमा परेको विगतको भागबण्डाअनुसार नै अघि बढनुपर्ने पूर्वमाओवादी नेताहरूको दाबी छ। दाहाल शुक्रबार काठमाडौं फर्के पनि दुई अध्यक्षबीच भने छलफल भएन। प्रधानमन्त्री ओली बिहान ९ देखि ४ बजेसम्म अस्पतालमा रहेका कारण दुई अध्यक्षबीच छलफल नभएको नेताहरू बताउँछन्। ‘५ दिन छ, दुई अध्यक्षबीच कुराकानी हुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

उपसभामुखले मुख खोलिनउपसभामुख शिवमाया तुम्बाहाङफेले आफ्ना कारण शुक्रबारको बैठक स्थगित नभएको बताएकी छन्। पार्टीले भनेपछि आफू राजीनामा दिएर सभामुख निर्वाचन प्रक्रियालाई सघाउन तयार रहेको उनको भनाइ छ। सभामुखमा तुम्बाहाङफेले पनि दाबी गर्दै आएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र केही महिला सांसद तुम्बाहाङफेलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्।

‘कृष्णबहादुर महराले गरेको गल्तीको भागीदार उहाँ किन हुने रु’ तुम्बाहाङ्फे निकट एक सांसदले भने, ‘उहाँलाई सभामुख नबनाउने भए के कारण हो भन्ने कुरा पार्टीका नेताहरूले स्पष्ट गर्नुपर्छ।’ तर पूर्वमाओवादीका नेता भने तुम्बाहाङ्फेले तत्काल राजीनामा दिएर सहज बनाइदिनुपर्ने तर्क गर्छन्।
‘उपसभामुखले राजीनामा दिएको भए छलफल सहज हुन्थ्यो,’ नेकपाका एक स्थायी समिति सदस्यले भने। सभामुख पद लिन नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउँदै छ। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ। यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो। (आजको अन्नपूर्ण पोष्टबाट)