संसदको हिउँदे अधिवेशन बोलाउन सम्पूर्ण तयारी पूरा

३० मंसिर २०७७, मंगलवार १३:०४

काठमाडौं, संसद सचिवालयले संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनको तयारी पूरा भएको जनाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको बताउनुभयो ।

संविधानः १८ पुसभित्र संसद बैठक बोलाउनु पर्ने बाध्यता छ ।

सरकारले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आव्हान गर्नै संवैधानिक व्यवस्था छ ।

संसद कहिले आव्हान हुन्छ भन्ने यकिन भने भइसकेको छैन ।

संवैधानिक व्यवस्थाअनुसार समय नगुज्रने गरी बैठक बोलाउने तयारी सरकारको छ ।

गत १८ असारमा संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

संविधानमा एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी स्वाथ्य मन्त्रालयको दिएका निर्देशनहरू पालना गर्ने गरी बैठक सञ्चालन गर्ने तयारी गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

लामो समयपछि सञ्चालन हुन लागेको संसदमा विपक्षी दलहरूले सरकारविरुद्ध आवाज उठाउँदै आउका छन् ।

एकातिर सरकारले संसदमा विपक्षी दलको समाना गर्नुपर्ने छ भने अर्कातिर साभामुखलाई पनि थाती रहेका मह्वपूर्ण विधेयकलाई टुंगोमा पुर्‍याउने चुनौती छ ।

सभामुख अग्नि सापकोटाले पनि त्यस्ता चुनौतीतर्फ संकेत गर्दै संसदको सुधारका योजनाहरु सार्वजनिक गर्ने बताउँदै आउनुभएको छ । (ईमेजखवरबाट)