संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जना पक्राउ

४ आश्विन २०७६, शनिबार १६:४३

बाँके , संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको बताइएको छ ।