संघीयता खारेजी नगरी गणतन्त्र सुदृढ हुदैन चित्रबहादुर केसी

५ मंसिर २०७५, बुधबार ०८:५४

काठमाडौं

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलत कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरू सलबलाउन थालेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा औँल्याएका हुन् ।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतमा हिन्दूवादीहरूको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरू हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको बताए । ‘अहिले पूर्वराजा र राजावादीहरू नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् ।

, भारतको अनुकूलतामा नेपालमा संघीयता आएकाले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र ब्युँतिने खतरा पनि उत्तिकै छ । संघीयता खारेजी नगरीकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन,’ उनले भने ।
नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाकी नेतृ रितु केसीले शासन व्यवस्थामा परिवर्तन आए पनि जनताहरूको अवस्थामा कुनै किसिमको परिवर्तन हुननसकेको बताइन् ।