संघीयता कार्यन्वयमा तीन सरकारले समन्वय गर्नुपर्छः सभामुख महरा

१८ मंसिर २०७५, मंगलवार १४:४३

उदयपुुर

सभामुख कृष्णबहादुर महराले संघीयता कार्यन्वय गर्न तीनै तहका सरकारले समन्वय गर्न जरूरी रहेको बताएका छन्। मंगलबार जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरको ‘संविधान र संघीयता कार्यन्वय र अन्तरसम्बन्ध’ कार्यक्रममा  यस्तो बताएका हुन्।

नेपालमा संघीयता आप्mनै मौलिक शैलीको भएको दावी गर्दै उनले कार्यन्वयमा तीनै तहका सरकारले समन्वय गर्नुपर्ने औंल्याए। ‘नेपालमा नेपाली शैलीको संघीयता छ,’ उनले भने, ‘यहाँ अधिकार कम भयो, अधिकार कटौती गर्नु पर्ने भयो भन्ने हल्ला छ, यस्तो हुँदैन, सवै कुरा साझेदारीमा मिलाउँदै जानु पर्छ।’ अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारले विकासमा जोड दिनुपर्ने उनले बताए। ‘संघीयता लागु हुँदा पनि केही पुराना कानुनले समस्या पारेको छन्,’ उनले भने, ‘ती पुरामा कानुुनको समस्या संघीय संसदले विस्तारै हल गर्दै जाने छ।

’ विशेष गरेर स्थानीय तहका जनप्रतिनिधिलाई क्षमता अभिबृद्धिमा जोड दिन पनि उनले आग्रह गरे। ‘संघीयता कार्यन्वनमा स्थानीय तहका जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि गराउनु पर्ने बेला आएको छ,’ कार्यक्रममा बोल्दै महराले थपे, ‘त्यसको लागि अब मैले संघीय सरकारमै जनप्रतिनिधिको क्षमता अभिबृद्धिको कार्यक्रम बनाउन सुुझाव दिने छु।

नेपालमा भूराजनीतिक समस्या आएको भन्दै महराले भने, ‘अहिले खाँचो भूराजनीतिक अवस्था सन्तुलन राख्नुपर्ने वेला आएको छ, मैले ठूला दलका ठूला नेताहरुसँग छलफलमा बसेको वेलामा पनि कुरा राख्दै आएको छु।’ स्थानीय सरकारले स्थानीय स्तरमा हुने कृषिजन्य उत्पादनमा जोड दिए आर्थिक सम्बृद्धि छिटो हुने महराको दावी थियो।