संगीतकार गिरिको फोन आयो पप म्युजिक भिडियो सार्वजनिक

२३ भाद्र २०७४, शुक्रबार १३:२१

आयोखबर 

भदौ २३, काठमाडौं । बाबुल म्युजिक प्रा.लि. को प्रस्तुतिमा नया पप गीत फोन आयो को भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा नायिका पुजना प्रधान (स्त्री) र मोडल तथा निर्देशक निरोज शाहीले अभिनय गरेका छन भने निर्देशन निरोज शाहिले नै गरेका छन ।

संगीतकार तथा गायक बाबुल गिरि र गायिका संगीता वर्माको गायन रहेको फोन आयो गितको शब्द लेखन भने दिनेश सुबेदिको रहेको छ । संगीत संयोजन पनि बाबुल गिरीले नै गरेको गित तथा भिडियोले बाल मनोबिज्ञानिकलाई समेत प्रभाव पार्ने दावी गर्दै छिट्टै चर्चा कमाउने बताएका छन् ।

संगीतिक क्षेत्रमा निरन्तर मेहनतिका साथ काम गर्दै आएका गिरि पछिल्लो समयमा चर्चामा आएका छन् । उनले दुई वर्षको अन्तरालमा विभिन्न प्रकारका गित गरि ४ सयभन्दा बढी गीतमा संगीत दिईसकेको र १० ओटा जति चलचित्रका गितमा समेत काम गरिसकेका छन् । उनले लोक, आधुनिक, पप, चलचित्र, तामाङ सेलो लगाएत थुप्रैमा आफ्नो संगीत जमाउदै आएका छन ।