संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्धः सरकारका प्रवक्ता गोकुल बास्कोटा

३० फाल्गुन २०७५, बिहीबार १७:०८

काठमाडौं , संगठित अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारले बताएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटालेउक्त कुरा बताउनु भएको हो । उहाँले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको बताउनु भयो ।