संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

५ मंसिर २०७६, बिहीबार १०:३३

संखुवासभा , संखुवासभामा ट्याक्टर दुर्घटना भएको छ । उक्त ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। प्रहरी चौकी चिचिलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द खत्रीका अनुसारजिल्लाको चिचिला गाउँपालिका–१ मा ग १ त ४१६४ नम्बरको ट्रयाक्टर आज बिहान दुर्घटना भएको छ। प्रहरी घटनास्थलमा पुगिसकेको र मृतकको पहिचान र थप अनुसन्धान भइरहेको पनि खत्रीले बताए।