शोभा सत्यालको तीज गीत ‘हिउँचुली’ सार्वजनिक (भिडियोसहित)

२३ श्रावण २०७६, बिहीबार १३:०८

काठमाडौं , शोभा सत्यालको तीज गीत ‘हिउँचुली’ सार्वजनिक भएको छ। आफ्नै रचना तथा संगीतमा रहेको उनको तीज गीतलाई मनोहर सुनामले एरेन्ज गरेका छन् भने भोला पौडेलले त्यसलाई रेकर्डिङ तथा मिक्सिङ गरेका छन्। गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।

जसमा मोडल दृृष्टि सत्यालले शोभालाई साथ दिएकी छिन्। भिडियोको छायांकन तथा सम्पादन सुरेन्द्र श्रेष्ठले गरेका छन्। भिडियोमा एक युवतीले वर्षौंदेखि तीजको व्रत कुनै युवकका लागि बसेको र त्यो युवक पाएर युवती पनि मक्ख भएको कथा समेटिएको छ।