शीतलहर प्रभावितहरुलाई राहातको व्यवस्था गर्ने प्रधानमन्त्रीको भनाई

२४ पुष २०७४, सोमबार ०७:३०

पुष २४ ,काठमाण्डौं ।
शीतलहरका कारण तराई क्षेत्रमा मानिसहरुको मृत्यु भईरहेको घटनाप्रति नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले शीतलहरका कारण प्रभावितहरुलाई सरकारले यथासक्य चाँडो राहतको विशेष व्यवस्था गर्ने बताएका छन् ।

 


सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले प्रभावित जिल्लाहरुमा राहतको व्यवस्था गरिने आश्वासन दिएको एक विद्यार्थी नेताले वताएका छन् ।
नेपाल विद्यार्थी संघले राखेका सबै माग जनसरोकारका विषय भएको भन्दै आफू त्यसप्रति सकारात्मक रहेको प्रधानमन्त्रीको भनाइृ छ । प्रधानमन्त्री देउवासँग उनकै दलको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले चिसोको कारण प्रभावितहरुका लागि तुरुन्त राहतको व्यवस्था गर्न, विद्यार्थीलाई स्वास्थ्य सेवा निःशुल््क गर्न, युवालाई रोजगारी सुनिश्चित गर्न, सातवटै प्रदेशमा प्राविधिक उच्च शिक्षालय स्थापना गर्न, शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुुलियत ऋण दिने व्यवस्था गर्न माग गरेको छ । माग सम्बोधन नगरे पुस २६ देखि देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनी संघको छ ।