शिक्षामन्त्री पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२५ आश्विन २०७७, आईतवार १७:२८

काठमाण्डौ , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना हुनुभएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रीलाई कोरोना देखिएपछि उहाँको परिवार र सचिवालयका कर्मचारीको पनि परीक्षण हुँदैछ ।