शहीद परिवार भन्छनः वास्तविक शहीदको अपमान भयो

१६ माघ २०७५, बुधबार १४:५०

परासी, देश र जनताको मुक्तिको लागि बलिदान दिने वास्तविक शहीदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् । शहीद विष्णु पाण्डे स्मृत्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त माग गरेका हुन ।

जथाभावी शहीद घोषणा गर्ने परिपार्टीले वास्तविक शहीदको अपमान भएको उहाँहरुको गुनासो छ । शहीद दिवसका अवसरमा पश्चिम नवलपरासी सुनवल–५ वनकट्टीस्थित जनआन्दोलन २०६२÷०६३ का शहीद विष्णु पाण्डेको शालिकमा आज बिहान माल्यापर्ण गर्दै शहीद पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डेले शहीदको अपमान नगर्न सरकारलाई आग्रह गर्नु भयो ।

राणाशासन र राजतन्त्रको अन्त्य गर्न वीर शहीदले दिएको बलिदानीका कारण आज मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि शहीदको रगतको पनि सम्मान हुन नसकेको उहाँहरुको गुनासो छ ।

देश र जनताका लागि आफ्नो जीउज्यानको पनि माया नगरी हाँसीहाँसी शहादत प्राप्त गर्ने व्यक्तिलाई मात्र शहीद घोषणा गर्ने प्रावधान राख्न उहाँको सुझाव थियो । शहीदको बलिदानीका कारण प्राप्त गणतन्त्रात्मक शासनमा शहीदलाई सम्मान गर्नुका सट्टा आजको दिनमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गरिएकोमा शहीद पाण्डेका दाजु लक्ष्मी पाण्डेले आपत्ति जनाउनु भयो ।

“नेताहरू देशको ढुकुटी रित्ताउने गरी सत्ता लिप्सामा केन्द्रित हुने तर शहीदका परिवारको दैनिकीको अवस्थाप्रति कति पनि जिम्मेवार नहुने प्रवृत्तिले हामीलाई दुःखी बनाएको छ ।