‘शक्तिको निगरानी र नियन्त्रण: सञ्चार, न्याय र विधिको शासन’ : “विश्व प्रेस स्वतन्त्रता दिवस”

२० बैशाख २०७५, बिहीबार ०७:२६

वैशाख २०, काठमाडौं ।

आज विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ ।

यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी र नियन्त्रण: सञ्चार, न्याय र विधिको शासन’ नारा दिइएको छ ।

सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो ।

यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशीताबीचको सम्बन्धलाई उजागर गरी मनाईंदै छ ।

नेपालमा पनि नेपाल पत्रकार महासंघले अहिले काठमाडौंको बबरमहलदेखि बानेश्वरसम्म प्रभात फेरि गर्दै छ ।