वेश्यावृत्ति कार्यमा संलग्न रहेको आशंकामा आधा दर्जन पक्राउ

२७ माघ २०७५, आईतवार १२:१८

दाङ , दाङ प्रहरीले वेश्यावृत्ति कार्यमा संलग्न रहेको आशंकामा चार युवा–युवतीसहित छ जनालाई पक्राउ गरेको छ । दाङ घोराही उप–महानगरपालिका–१५ स्थित फ्रेन्ड्स एण्ड फेमली होटल एण्ड लज र विपि चोकस्थित हाम्रो खाजाघरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार जना युवा युवती र दुईजना होटल सञ्चालक रहेका छन् ।