वेपत्ता चेक गणतन्त्रका दुई नागरिककाे मुस्ताङबाट उद्धार

१८ चैत्र २०७४, आईतवार ०७:१३

चैत १८, काठमाडौं ।

धौलागिरी पदयात्राका क्रममा बेपत्ता दुई विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता चेक गणतन्त्रका दुई नागरिकको प्रहरीले उद्धार गरेको हो ।

उनीहरुलाई मार्फाभन्दा दुई किलोमिटर माथिको जंगलमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार, एक पर्यटक खुट्टा भाँचिएर ढुंगामा च्यापिएको अवस्थामा फेला परेका थिए भने अर्का एकजना सामान्य अवस्थामा भेटिएका छन् ।

उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै शनिबार बिहानैबाट प्रहरीले उनीहरुको खोजी शुरु गरेको थियो । सम्पर्कविहीन भएको १ दिनपछि प्रहरीले उनीहरुको जीवितै उद्धार गरेको हो ।