विश्वव्यापी तापक्रम वृद्धिले अहिले नै अमेरिकालाई पूरै गाँजेको छ।

८ मंसिर २०७५, शनिबार ०९:३७

बीबीसी

जलवायु परिवर्तनका असरका कारण अमेरिकाले अर्बौँ डलर बराबरको नोक्सानी तथा जनस्वास्थ्यमा क्षति बेहोर्नु पर्ने एक नयाँ रिपोर्टले चेतावनी दिएको छ।सो रिपोर्टले लिइने निर्णयहरूले भविष्यको स्वरूप कोर्ने भन्दै सजग हुन सुझाव दिएको छ।

वाशिङ्गटनमा यो साता निकै चिसो बढेपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै विश्वव्यापी तापक्रम वृद्धिका चर्चा के भए भनेर व्यङ्ग्य मिश्रित प्रश्न सोधेका थिए।बीबीसीका अनुसार अहिले उनलाई उल्लेख नगरी उनका आफ्नै वैज्ञानिकरूले सो प्रश्नको विस्तृत जवाफ दिएका छन्।जलवायु परिवर्तनबाट ‘महिला बढी प्रभावित छन् विश्वव्यापी तापक्रम वृद्धिले अहिले नै अमेरिकालाई पूरै गाँजेको छ।यो अवस्था अहिले नै निकै घातक भइसकेको र तत्काल नाटकीय कदमहरू नचालिए त्यसले विनाशमात्रै निम्त्याउनेछ।

चौथो राष्ट्रिय जलवायु समीक्षा रिपोर्टमा उनीहरूले ठोस उदाहरण पेश गरेका छन् जस्तो कि साउथ क्यारोलाइनाका भरिएका बाँध, ग्रेट प्लेन क्षेत्रमा पानीको संकटका कारण सुक्दै गएका बालीनाली र फ्लोरिडामा बढेको किटाणुले फैलाउने रोगव्यादि।आर्थिक असरको चर्चा गरेको छ।

जलवायु परिवर्तनबारे फरक धारणा राख्दै आएको ट्रम्प प्रशासनले वातावरणभन्दा आर्थिक वृद्धिलाई प्राथमिकता दिँदै आएको छ।तर रिपोर्टमा उल्लेख गरिएको गम्भीर आर्थिक असरको चेतावनीले त्यसलाई समर्थन गर्दैन।विभिन्न अमेरिकी सरकारी निकायको सहयोगमा बनाइएको सो रिपोर्टलाई ह्वाइट हाउसले गलत भनेको छ।