विश्वकै प्रथम राष्ट्र आइसल्यानड

२३ पुष २०७४, आईतवार १०:५७

पुस २३, काठमाडौं । (एजेन्सी)
आइसल्यानडले पुरुषलाई महिला कर्मचारीको भन्दा अधिक तलबमान दिनुलाई अवैध ठह¥याएको छ । असमान ज्यालाको प्रावधानलाई खारेज गर्ने आइसल्यानड विश्वकै पहिलो मुलूक बनेको छ । २५ भन्दा धेरै कर्मचारी राख्ने कम्पनी तथा सरकारी एजेन्सीहरुले समान तलबमानका लागि सरकारसँग प्रमाणपत्र लिनुपर्ने नयाँ कानुन ल्याएको छ ।

यदि समान तलबमानमा सञ्चालन नभएको पाइएमा ती कम्पनीहरुले जरिवाना तिर्नुपर्नेछ । महिला र पुरुषलाई समान तलबमान हुनुपर्ने व्यवस्था दशकौँदेखि भए पनि त्यसको पालना हुन नसकेको र अहिले त्यसको अन्तर बढेको महिला अधिकार संगठनका सदस्य डेग्नी अस्कले बताए ।