विश्वकप फुटबलमा बाजी खेलाएको आरोपमा ४ जना पक्राउ

२४ असार २०७५, आईतवार ११:१४

असार २४, काठमाडौं ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धापासीका २५ वर्षीय अमित श्रेष्ठ, २५ वर्षीय प्रमोद रानाभाट, बालुवाटारका २५ वर्षीय अनिल भण्डारी र बसुन्धराका ३४ वर्षीय निरे भनिने निराजन पौडेल छन् । उनीहरुलाई प्रहरी शनिबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो ।

 

उनीहरुले विश्वकपमा विभिन्न टिमहरुको हारजितको आधारमा विभिन्न व्यक्तिहरुसँगबाट नगद लाभ लिने गरेको परिसरका डिएसपी मोहन थापाले बताए ।

प्रहरीले उनीहरुको चार वटा मोबाइल समेत बरामद गरेको छ ।