विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत

२५ असार २०७५, सोमबार ०९:५७

असार २५, काठमाडौं ।

प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ ।

सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको १२ जनाको नाम संसदले स्वीकृत गरेको हो ।

जसअनुसार संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूणर्ाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टीबाट ७ जना रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबाट १/१ जना रहेका छन् । संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था छ । जसमा राष्ट्रिय सभाबाट ३ जना रहनेछन् ।