विवादित सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच फेरि झडप

१२ माघ २०७७, सोमबार १५:४७

बीबीसी । चिनियाँ र भारतीय सेनाबीच सिक्किमको सिमानामा फेरि झडप भएको छ । जसमा दुवै पक्षका केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । घटना गत बुधबार सिक्किमको उत्तरी क्षेत्रमा सुरु भएको थियो तर भारतीय सेनाले त्यस समय सामान्य विवाद परेकाले समाधान भइसकेको खबर गरेको थियो ।

भारतीय अधिकारीहरुका अनुसार अहिलेको नयाँ घटनामा एक चिनियाँ सेना भारतले दाबी गर्दै आएको क्षेत्रमा प्रवेश गरेपछि उनलाई जबरजस्ती त्यहाँबाट फर्काउन खोज्दा विवाद बढेको हो । भारत पक्षले आफ्नो बयानमा सामान्य झडप भएको बताए पनि दुवै पक्षमा तनाव अझै जारी रहेको देखिन्छ । दुवै देशले अहिलेसम्म वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको पनि बताइएको छ ।