विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ

२५ कार्तिक २०७६, सोमबार १५:०५

काठमाडौं , प्रहरीले दुई किलो एक सय ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७५९३७ नम्बरका राहदानी बोकेका ६१ वर्षीय ब्राजिलियन छन् । प्रहरीले उनको नाम खुलाएको छैन ।

प्रहरीका अनुसार उनी कतार एयरको उडानबाट नेपाल आएको खुलेको छ । विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनले बोकेको झोलामा कोकिन भेटिएको हो । उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।