विभिन्न पाँच आयोगमा अध्यक्ष नियुक्त

७ चैत्र २०७५, बिहीबार १४:३२

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नु भएको छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल,राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा।शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नु भएको हो । राष्ट्रपतिको समुपस्थितिमा शीतलनिवासमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराउनु भयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थिति थियो ।