विप्लव समूहका तीनजना केन्द्रीय सदस्य पक्राउ

८ बैशाख २०७६, आईतवार ११:२८
dfxnhjd

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका तीनजना केन्द्रीय सदस्य पक्राउ परेका छन् । शुक्रबार तीनै जनालाई दाङबाट पक्राउ गरिएको हो । शनिबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र लालबहादुर वली विश्वलाई पक्राउ गरेको उल्लेख छ ।