‘विप्लव’ नेतृत्वको नेकपाका पाँच नेता तथा कार्यकर्ता पक्राउ

५ असार २०७६, बिहीबार १४:३६

काठमाण्डौ , प्रहरीले विप्लव समूहका पाँच जना नेता तथा कार्यकर्तालाई पक्राउ गरी बिहीबार मुद्दा चलाएको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका रामेछाप पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, दोलखा सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।