विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने

१६ माघ २०७७, शुक्रबार १४:१६

काठमाडौं । कोरोना खोप लगाएर आए नेपालमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले बताए ।

नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको उनको भनाइ छ । अहिले बिदेशबाट आउँदा १० दिन क्वारेन्टिन बस्नु पर्ने प्रावधान छ । यसले नेपाल अहिले पनि बन्द रहेको सन्देश विदेशी पर्यटकबीच रहेको छ ।