वाइडबडी विमानको रकम भुक्तानी गरिएको छः मन्त्री अधिकारी

१० पुष २०७५, मंगलवार १७:४४

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले महालेखा परीक्षकसँग परामर्श गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरिएको बताउनु भएको छ । मन्त्री अधिकारीले आफू मन्त्री भएलगत्तै महालेखा परीक्षकसँग परामर्श गरेर सो विमानको रकम भुक्तानी गरिएको पनि प्रस्ट पार्नु भएको छ ।

मंगलबार विमान खरिदबारे अध्ययन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको बैठकमा समितिका सदस्यहरुले सो विमानको अवस्थानै अध्ययन नगरी किन भुक्तानी दिएको भनि प्रश्न गर्नु भएको थियो । जवाफमा मन्त्री अधिकारीले महालेखा परीक्षकको कार्यालयसँग आवश्यक छलफल गरेर भुक्तानी गरिएको दावी गर्नु भयो ।
उहाँले आफू मन्त्री भएको केही दिनमै महालेखा परीक्षकको कार्यालयले सल्लाह दिएपछि आफूले सो भुक्तानी दिन नरोकेको पनि उपसमितिलाई जानकारी गराउनु भयो । सरकारले दुई वटा वाईडबडि विमानको २५ अर्ब भुक्तानी गरेको थियो ।