वर्तमान सरकार राष्ट्रियता बचाउन असफलः सिंह

२७ फाल्गुन २०७५, सोमबार १७:१९

काठमाडौं नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सिके राउतसँग सहमति गरेर सरकारले विखण्डनकारीलाई मान्यता दिएको बताउनु भएको छ । अलौकिक सेवा कुञ्ज नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सिहंले भाषणमा एकताको कुरा गर्ने ओलीले लिखित सहमतिमा विखण्डनकारीलाई मान्यता दिएको बताउनु भएको हो । विखण्डनको नारा लगाउँदै आएका राउतलाई मुलधारमा ल्याएको बताइए पनि सहमतिको भाषा नै उल्टो भएको सिहंको भनाइ छ । कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार राष्ट्रियता बचाउन असफल भएको बताउनु भयो । नेता सिहंले राउतका कार्यकर्ताले आइतबार जनकपुरमा गरेको नारावाजीको विषयमा पनि सरकारले जवाफ दिनुपर्ने बताउनु भयो । सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको सिंहको आरोप छ ।