वरिष्ठ पत्रकार आचार्यको निधन

१९ आश्विन २०७६, आईतवार १२:३३

काठमाण्डौ , वरिष्ठ तथा अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार निधन भएको छ ।

६१ वर्षको उमेरमा आइतबार बिहान आचार्यको नर्भिक अस्पतालमा निधन भएको हो । कलेजोसम्बन्धी रोगको उपचारका लागि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

नेपाल टेलिभजनका पूर्व नायब महाप्रबन्धक तथा समाचार निर्देशक रहनुभएका आचार्य न्युज २४ टेलिभिजनका समाचार प्रमुख हुनुहुन्थ्यो । उहाँ पत्रकारितासँगै प्राध्यापनमा पनि संलग्न हुनुहुन्थ्यो ।

उहाँको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।