वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

२५ पुष २०७७, शनिबार २०:२०


काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । विसं १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज निधन भएको हो ।

उनले लेखेका ‘उदास मेरो जीवन कथा’ उनको लोकप्रिय गीत हो । उनले आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीत लेखेका छन् ।
उनी कविता पनि लेख्थे । विसं २००५ सालबाट कविता लेख्न थालेका उनले लेखनाथ पौड्यालको प्रेरणाले कविता लेख्न थालेका थिए ।