वडा सदस्य मृत अवस्थामा फेला

२२ कार्तिक २०७६, शुक्रबार १३:२४

बैतडी , बैतडी जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज फेला परेका छन् ।पुर्चौडी नगरपालिका एकमा भएको राताशीला मन्दिर नजिक उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।