वडा सदस्यबाट राजीनामा दिएर गरिमा बनिन् शिक्षिका

१७ भाद्र २०७५, आईतवार १०:३५

 

काठमाण्डौं
जाजरकोटमा वडा सदस्यबाट राजीनामा दिएर गरिमा शाही शिक्षिका बनेकी छन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी थिइन । जुनिचाँदे गाउँपालिका–६ मा वडा सदस्य निर्वाचित भएकी थिइन । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भएकी थिइन् ।

उनी छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बनेकी छन् । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा सामेल भएकी थिइन् ।