वकिल पनि सिकार खेल्दै

२६ मंसिर २०७४, मंगलवार ०८:३५

मन्जिल कन्दङ्वा (तस्बिर सा्रेतः निक्कीको फेसबुक पोष्ट)
मंसिर २६, काठमाडौं ।
अमेरिकन निक्की टाटे पेसाले वकिल भए पनि उनको सौख भने सिकार गर्नु हो । टेक्सासकी २७ वर्षीया निक्की प्राय विकेन्डमा आफ्नो पतिसँग सिकार गर्न निस्कन्छिन् ।

उनी आफूले सिकार गरेको जनावरका साथमा तस्बिर खिचेर इन्स्टाग्राम र फेसबुकमा अपलोड÷पोस्ट गर्छिन् ।

कतिपयले उनलाई जनावरको हत्या गर्नु हुँदैन भनेर सुझाव दिन्छन् तर उनी ती सुझाव मान्ने पक्षमा छैनन् । उनि भन्छिन्, “म सिकार गरेको जनावर खादिनँ, बरु घरवारविहीन परिवारलाई खान दिन्छु ।”
“फेरि म प्रकृतिमा सन्तुलन ल्याउन मिल्ने जनावरको मात्र सिकार गर्छु । त्यसैले कृपया मेरो सौखलाई बुझिदिनुहोला ” गुनासो गर्ने जनावर अधिकारवादीहरूसँग निक्कीको रिप्लाई हुन्छ ।